एशियाई च्याम्पियनशीपमा ६ पल्टका पदक विजेता शिव थापा (५३.५ किग्रा)-ले २०१८ वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक विजेता मनीष कौशिकलाई ५-०-ले पराजित गरी हरियाणाको हिसारमा जारी राष्ट्रिय पुरुष बक्सिंग च्याम्पियनशीपको फाइनलमा स्थान बनाए। फाइनलमा थापाको सामना २०१९ वर्ल्ड युथ च्याम्पियनशीपमा रजत पदक जित्ने अंकित नरवालसँग हुनेछ। एसएसबी-को प्रतिनिधित्व गरिरहेका २०२१ एशियन च्याम्पियन सञ्जीत (९२ किग्रा)-ले हिमाचल प्रदेशका आशिष भाण्डोरलाई सजिलै पराजित गरी फाइनलमा स्थान बनाए। रेफरीले बाउटलाई दोस्रो राउण्डमै रोके।