रंगबुलमा ओपन नक्आउट फूटबल टुर्नामेण्ट ८ जनवरीदेखि

IMG_20230106_125631.jpg

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा रंबगुलमा ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। आउँदो ८ जनवरीदेखि शुरु हुने यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। रंगबुल खेल मैदानमा हुने उद्घाटन म्याचमा आयोजक रंगबुल एफए र सोनादा युनाइटेडबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement