रंगबुलमा ओपन नक्आउट फूटबल टुर्नामेण्ट ८ जनवरीदेखि

IMG_20230106_125631.jpg

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा रंबगुलमा ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। आउँदो ८ जनवरीदेखि शुरु हुने यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। रंगबुल खेल मैदानमा हुने उद्घाटन म्याचमा आयोजक रंगबुल एफए र सोनादा युनाइटेडबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement