फास्ट फरवर्ड स्प्रेडिंग क्लब, टुंगको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा एफके र दाजु भाई एफसी-ले दोस्रो राउण्डमा जीत हासिल गऱ्यो। बिहीवार खेलिएको पहिलो म्याचमा एफके-ले शेर्पा बस्तीलाई टाईब्रेकरमा पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा दाजु भाई एफसी-ले एजीएफसी-लाई टाईब्रेकरमा पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल २२ जनवरीमा हुनेछ।