खरसाङ: चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन मार्फत बिभिन्न बिकासमूलक कार्यहरू भइरहेको छ। जसमा आज क्षेत्रीय सभासद् सन्दीप छेत्री, बिजनबारी इन्जिनियरिङ डिभिजनका कार्यकारी अभियान्ता अन्कुराज गुरूङ, सहकार्यकारी अभियान्ता चन्दन देवान, बिवेचाना देवानको प्रमुख उपस्थितिमा निरक्षण कार्य गरियो। चुङथुङ छ्यासी बिभागको चौसरी देखी चन्द्रपाल धुरासम्म अनि दिलबीर तामङ गाँऊसम्म जाने बाटोको निरक्षण गरे भने यी बाटोहरूको काम अब केही दिन भित्रमा नै सकिने जानकारी विभागको पक्षबाट कार्यकारी अभियान्ता अन्कुराज गुरूङले जनाएका छन्।

यसरी नै बाह्र गोलाइमा रहेको सार्बजनिक भवन अनि पुस्तकालय भवन बनिने कार्यको समाप्तिमा रहेको अनि चुङथुङ मध्य खण्डमा अवस्थित स्वास्थ्य केन्द्रको मर्मत्ती कार्य भइरहको जानकारी बिजनबारी इन्जिनियरिङ डिभिजनले जनाएका छन्। आजको यस निरक्षण कार्य अवधी सभासद सन्दीप छेत्रीमा जीटीए मार्फत समष्टि भरि नै बिभिन्न बिकासमूकल कार्यहरू भइरहेका छन् अझ जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा समष्टिमा बिभिन्न योजनाहरूको शुरूवात हुने जानकारी सभासद सन्दीप छेत्रीले दिएका छन्।