जीटीएको कार्यकारी सभासद अनोश थापाद्वारा कृृषि बागवानी मेला स्थल साथै स्टिल ब्रिजको निरीक्षण

IMG-20230105-WA0226.jpg

खरसाङ: जीटीएको सूचना अनि सांस्कृतिक विभाग अनि सिञ्चाई विभागको कार्यकारी सभासद अनोस थापाद्वारा तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको बाघमारा बस्तीमा हुने कृषि बागवानी मेला स्थलको निरीक्षण गरेका छन्। जीटीएको बागवानी विभागको आयोजनामा खरसाङ महकुमा अन्तर्गत सिविटारको बाघमारा बस्तीमा आगामी ९ जनवरीदेखि १२ जनवरी २०२३ सम्म हुने भएको चार दिवसीय कृषि बागवानी मेलामा स्थानीयहरूलाई के कसरी सहयोग गर्न सकिन्छ साथै जीटीएबाट के कस्तो प्रकारका सहुलियतहरू प्रदान सकिन्छ र मेलाको लागि तयारी चलिरहेको मेला स्थलको निरीक्षण पनि गरेका छन्। यसको साथै कार्यकारी सभासद अनोश थापाले सिविटारदेखि तीनधारे जाने रोडस्थित शिवखोलामा निर्मित स्टिल ब्रिजको पनि निरीक्षण गरेका छन्। बाघमारा बस्तीमा हुने कृषि बागवानी मेलाको पहिलो दिन सिविटारदेखि तीनधारे जाने रोडस्थित शिवखोलामा निर्मित स्टिल ब्रिजको उदघाटन जीटीए चिफ् अनित थापाले गर्ने भएको छ। कार्यकारी सभासद अनोश थापासित भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टीको उपाध्यक्ष कुसाङ लामा, सिविटार बुथ कमिटीको सचिव विकास लामा, युवा शक्तिको कमल लामा लगायत अन्यहरू उपस्थित रहेका थिए। बाघमारा बस्तीमा हुने चार दिवसीय कृषि बागवानी मेलाको स्थलगत निरीक्षण गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै कार्यकारी सभासद अनोश थापाले तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा आगामी ९ जनवरीदेखि १२ जनवरीसम्म चार दिवसीय कृषि बागवानी मेलाको तयारी भईरहेको स्थलको निरीक्षणमा आफु आएको र योभन्दा पहिला गिताङ्गेमा शिव मन्दिर परिसरमा गएको पैह्रो निरीक्षण गरेको जानकारी गराएका छन्।

उनले बाघमारा बस्तीमा हुने कृषि बागवानी मेलाको तयारी के कस्तो हुँदैछ त्यसको निरीक्षण गर्न आएको बताउँदै यहाँ हुने भनिएको चार दिवसीय कृषि बागवानी मेलाको कारणले यस क्षेत्रमा पर्यटकीय महत्त्व बढ़ेर जाने तथा यो चार दिवसीय मेलामा कुनै एक दिन पर्यटनलाई लिएर कार्यशाला पनि आयोजना गर्नलाई पहल भईरहेको बताएका छन्। उनले यस मेलाको लागि आफ्नो सिँचाई विभाग र सूचना अनि सांस्कृतिक विभागबाट गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताउँदै मेलामा सूचना अनि सांस्कृतिक विभागको पक्षबाट पनि कार्यक्रम आयोजना गरिने भएको जानकारी गराएका छन्।

About Author

Advertisement