नवौं मिलनमोड़ गोल्ड कपः आमुक्त परिवार सेमिफाइनलमा

photocollage_20231418203322.jpg

मधुर मिलन संघ, मिलनमोड़को तत्त्वावधानमा आयोजित नवौं मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा आमुक्त परिवारले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान पक्का गऱ्यो। बुधवार मिलनमोड़ खेल मैदानमा भएको चौथो क्वार्टर फाइनल म्याचमा आमुक्त परिवारले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल प्रवीण सुब्बाले पहिलो हाफमा गरे। म्याचमा लड़ाकू प्रदर्शन गरे पनि मौकाहरूलाई सदुपयोग गर्न नसक्दा उर्गेन लामाको प्रशिक्षणमा रहने यूकेएफसी-ले बिदा लियो। प्रदीप छेत्रीको मार्गदर्शनमा रहने आमुक्त परिवारका स्टपर सोनम शेर्पालाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने पहिलो सेमिफाइनल म्याचमा युनाइटेड एफसी दार्जीलिङ र दार्जीलिङ पुलिसबीच भिड़न्त हुनेछ। यसरी नै आजको विजेता आमुक्त परिवार र दलसिंगपाड़ा स्पोर्ट्स एकाडमीबीच दोस्रो सेमिफाइनल शुक्रवार खेलिनेछ। यसरी नै फाइनल ८ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement