जीटीए बागवानी विभागको आयोजनामा अम्बटेमा च्याऊ खेती विषयमा प्रशिक्षण शिविर

IMG-20230104-WA0225.jpg

खरसाङ: जीटीएको बागवानी विभागको एमओडी सभासद प्रणाम रसाईलीको पहलमा खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायतको अम्बटेमा च्याऊ खेती विषयमा प्रशिक्षण शिविरको आयोजना गरियो। विभागीय अधिकारी सिनियर स्यान्टिस माधव छेत्रीको विशेष उपस्थिति रहेको यस च्याऊ खेती तालिममा स्वनिर्भर समूहको सदस्याहरु अनि गाउँले कृषकहरु उपस्थित रहेका थिए। जीटीए मुख्य कार्यपाल अनित थापाको “मेरो गाउँ मेरो गर्व” को नारालाई सार्थक बनाउनु साथै गाउँ घरमा रहेको पौरखी हाथहरूलाई स्वनिर्भर बनाउनु यो कार्यक्रम सम्पन्न गरिएको जानकारी मनोनित सभासद प्रणाम रसाईलीले जानकारी दिएका छन्। यस च्याऊ खेती तालिम कार्यक्रममा पाण्डु ग्राम पञ्चायत कार्यालयको सचिव सागरराज छेत्री,जब एसिस्टेन्ट बिध्या सिंग,भीएलई बन्दना छेत्री अनि जीआरएस रिवाज प्रधान उपस्थित थिए। विभागीय सिनियर स्यानटिस्ट माधव छेत्रीले च्याऊ खेती विषयमा उपस्थित समूहलाई अत्ति नै सरल अनि सहज प्रकारले जानकारी गराएका थिए। उक्त प्रशिक्षण शिविरमा उपस्थित समूहलाई च्याऊको बिजन अनि अन्य साग सब्जीहरू साथै काक्रा, करेला, मूला, पालक, भिन्डी इत्यादिको बिजनहरु पनि वितरण गरियो। पाण्डु ग्राम पञ्चायतको सचिव सागर राज छेत्रीले यो च्याऊ खेती तालिम अत्ति नै सकारात्मक पहल रहेको र यसबाट स्थानीयहरूले च्याऊ खेती विषयमा राम्रो प्रशिक्षण पाएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement