अलिपुरद्वार: कालचिनी ब्लकको निमाती रभाबस्ती क्षेत्रमा बुधबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। त्यस क्षेत्रका ३८ वर्षीय धिरेन राभा बुधबार बिहान बिहान मार्निङ वाक गर्न गएका बेला अचानक जङ्गली हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन्। घटनामा गम्भीर घाइते भएका धिरेन राभालाई घटनापछि स्थानीयले तत्कालै लताबारी ग्रामीण अस्पतालमा भर्ना गरेका थिए। यहाँ तिनको अवस्था बिग्रिएपछि तिनलाई अलिपुरद्वार जिल्ला अस्पताल र पछि कुचबिहारमा रिफर गरियो। अहिले धिरेन राभाको अवस्था चिन्ताजनक छ। निमाती राभा बस्ती क्षेत्रमा जङ्गली हात्तीको आक्रमण हुने गरेको स्थानीयले बताएका छन्। यसको रोकथामका लागि प्रभावकारी कदम चाल्न उनले वन विभाग र प्रशासनसँग माग गरेका छन्।










