सरकार घऱ दैलोमा कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीले गरे नाम्चेबुङ समष्टीका जनतासँग भेट

IMG-20230103-WA0315.jpg

गान्तोक: आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पाकिम जिल्ला अन्तर्गत नाम्चेबुङ समष्टिका जनतासँग भेट गरे।सरकार घर दैलो अभियान अन्तर्गत जनता भेट कार्यक्रममा मुख्यमन्त्री तामाङलाई स्थानीय जनताले भव्यताको साथ स्वागत जनाएपछि उनले सोझै जनतासँग भेटघाट शुरु गरे। उनले बिहान करिब १० बजी देखि समष्टिका सयौं जनतालाई भेट गरेर व्यक्तिगत रूपमा उनीहरूको गुनासो सुने। जनता भेट कार्यक्रममा मुख्यमन्त्रीसंगै विभिन्न विभागका प्रमुखहरूपनि उपस्थित थिए। जन गुनासो सुनेपछि मुख्यमन्त्रीले सम्बन्धित विभागीय प्रमुखहरूको परामर्शमा उक्त समस्या अनि जन गुनासोको समाधान गर्ने पहल गरे। यस अवसरमा उनले धेरैलाई तत्काल सहयोग पनि प्रदान गरे।

ज्ञात रहोस् गत वर्षको दिम्बर महिनादेखि मुख्यमन्त्रीले जनता भेट कार्यक्रम शुरू गरेका हुन्। उनले मल्ली अनि छुजाचेन समष्टिमा जनतासँग भेट गरिसकेका छन्। उनले गत २९ डिसेम्बरको दिन करिब १६ घण्टासम्म अनवारत जनतासँग व्यक्तिगत रूपमा भेट गरेर जन गुनासो सुने। यसै क्रममा आज पाकिमका जनतासँग भेट गर्दै उनीहरूको व्यक्तिगत, सामाजिक अनि लामो समयदेखि थाँतीमा मागहरु पूरा गरे।

मुख्यमन्त्री तामाङले यो कार्यक्रममा सहभागी जनाउन पाउनु आफ्नो निम्ति अतिनै खुशीको विषय रहेको बताएका छन्। जनतामाझ हुनु अनि जन गुनासो सुन्नु पाउनु आफ्नै घरमा छू सरह लाग्ने उनले जानकारी गराएका छन्। राज्यका मुख्यमन्त्री स्वयम् यसरी समष्टिको भ्रमण गरेर गुनासो सुनिदिएकोमा क्षेत्रवासीले मुख्यमन्त्री प्रति आभार व्यक्त गरेका छन्।आजको कार्यक्रममा क्षेत्रका एम प्रसाद शर्मा, पाकिम जिल्लाका जिल्लापाल लगायत सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका शीर्ष नेतृत्वहरुको उपस्थिति रहेको थियो।

ज्ञात रहोस्, मुख्यमन्त्री प्रेमसिंह तामाङले भोलि नाम्ची सिंगिथाङका जनतासँग भेट गर्ने कार्यक्रम रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement