स्वास्थ्य विभाग र शिक्षा विभागसँग जिल्लापाल भीम ठटालको समन्वय बैठक

Untitled-1-copy-8

सोरेङ- आज स्वास्थ्य विभाग र शिक्षा विभागसँग उनको कार्यालयमा सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले समन्वय बैठक आयोजन गरे। गेजिङ/सोरेङका सीएमओ डा. बिकास प्रधान तथा सम्बन्धित विभागका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा आयोजित बैठकको उद्देश्य नीति आयोगका कार्यक्रमहरूको समीक्षा गर्नु रहेको थियो । जिल्लापाल ठटालले सबै चिकित्सा अधिकारीहरूलाई चिकित्सा उपकरणहरू किन्न सहायता गर्ने आश्वासन दिए। उनले सोरेङ जिल्लाका सबै अधिकारीहरू र चिकित्सा अधिकारीहरूलाई निक्षय मित्र बन्न निर्देश दिँदै कम्तिमा एकजना क्षयरोगीलाई सहयोग गर्न आह्वान गरे। उनले २०२४ सम्ममा देशलाई क्षयरोगबाट मुक्त बनाउने लक्ष्य लिइएको अवगत गराउँदै क्षयरोग अब स्वास्थ्य विभागको मात्र होइन तर, समुदायको पनि जिम्मेवारी बनेको छ भनी बताए।

जिल्लापाल ठटालले सीएमओलाई यही महिनाको अन्तसम्म जिल्ला स्वास्थ्य अभियान एवं जिल्ला स्वास्थ्य समाज गठन गर्न निर्देश दिए। उनले सोरेङ जिल्लाका लागि एउटा रोगी कल्याण समिति र पीएचसी स्तरमा तीनवटा जन आरोग्य समिति यसै महिनाभित्र गर्नु पर्नेछ भनी बताए। उनले औषधिको स्टक, आपातकालिन प्रतिक्रिया र कोभिड – १९ सम्बन्धित मामलाहरूबारे पनि जानकारी लिए। उनले शिक्षा विभागका विशेष शिक्षकहरू र संसाधन शिक्षकहरू स्वास्थ्य विभागसँग समन्वय राखेर काम गर्नुपर्छ भने। उनले उर्जा विभागलाई सोरेङ जिल्लाका सबै पीएचसीहरूमा तीन फेसको बिजुली आपूर्ति गर्ने निर्देश दिए।

About Author

Advertisement