खरसाङ: खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाले सन् १९१६ मा निर्मित खरसाङको ब्लुल्म फिल्ड महकुमा पुस्तकालयकाे भ्रमण गरेका छन्। भ्रमणको अवधि लाइब्रेरीका कर्मचारीहरूसित बातचीत गरेर पुस्तकालयको विविध पक्षबारे जानकारी लिएका थिए। यस भ्रमणबारे जानकारी गराउँदै सभासद शेर्पाले भने कि हामीले हाम्रोमा भएका धरोहरहरुकाे संरक्षण गर्नुपर्छ। हाम्रो खरसाङमा रहेका धरोहरकाे सम्बर्ध्दन र संरक्षण गर्नुपर्छ।
यस्तै सोचले आज हामीले सन् १९१६ भारत स्वतन्त्र हुन अघि निर्माण गरिएको ब्लुमफिल्ड महकुमा पुस्तकालयकाे भ्रमण गरेका हौँ। भ्रमणको अवधि जानकारी पायौंँ कि पुस्तकालयमा पाँचजना कर्मचारीहरू कार्यरत् रहेछन्। तीमध्ये दुइजना स्थायी कर्मचारीहरू र तीनजना पे बाण्डमा कार्यरत् रहेछन्। संचालन समितिद्वारा संचालन भइरहेको रहेछ।

यो पुस्तकालयमा वर्तमानमा १५०७ जना सदस्यहरु रहेछन्। २०१५ मा आएको भुईचालोले भवन क्षति भएको पनि जानकारी पनि हामीले प्राप्त गरेका छौँ। यसको मरमत्तिकाे एकदमै अवश्यकता रहेको साथै शौचालयकाे पनि खाँचो रहेको जानकारी पायौंँ। भ्रमण अवधि सभासद शेर्पाले पुस्तकालय अनि कर्मचारीहरूको समस्या लिएर जीटीए चिफ् अनित थापालाई रिपोर्ट बुझाएर समाधानकाे बाटो निकाल्ने आश्वासन दिएका छन्।