बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट: विकास ईलेभेन तीनधारेलाई ३९ मै अल वाउट गरेर चुनभट्टी बिजय

IMG-20230102-WA0235.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा नव ज्योति संघ चुनभट्टीको आयोजनामा सम्पन्न भईरहेको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा विकास ईलेभेन तीनधारे केवल ३९ रन मै अल आउट भएको छ। आज सोमबार भएको क्रिकेट खेल आयोजक नव ज्योति संघ चुनभट्टी र विकास ईलेभेन तीनधारेमाझ सम्पन्न भएको थियो। नव ज्योति संघ चुनभट्टीले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा मात्र ३ विकेट गुमाएर १२९ रन बनाएको थियो। १३० रनको लक्ष्यलाई खेदो गर्दै विकास ईलेभेन तीनधारेले ८.३ ओभर मात्र खेल्न सकेको थियो अनि सबै विकेट गुमाएर केवल ३९ रन मात्र बनाउन सकेको थियो। त्यसैले नव ज्योति संघ चुनभट्टी ९० रनले बिजय बनेको थियो। बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टमा अहिलेसम्म विकास ईलेभेन तीनधारेले सबैभन्दा उच्च स्कोर १४७ रन बनाएका थिए भने आज सबैभन्दा कम स्कोर 39 रन मात्र बनाएका थिए। यस खेलमा नव ज्योति संघ चुनभट्टीको बिजेन्द्र प्रधानले ४५ रन बनाएर ४ विकेट पनि लिएका थिए। उनी म्यान अफ् द म्याच चयन भएका छन्। भोलि मंगलवार हुने पहिलो खेल मित्र संघ गोलाई पाखा र जनसेवा संघ राजबारीमाझ हुनेछ। दोस्रो खेल नव ज्योति संघ चुनभट्टी र महानदीमाझ सम्पन्न हुने भएको जानकारी नव ज्योति संघ चुनभट्टीको संयोजक रञ्जित थापाले दिएका छन्।

About Author

Advertisement