एसकेएम युवा अध्यक्ष लाक्पा मोक्तानको नेतृत्वमा युवा टोलीको दक्षिण जिल्लाको भ्रमण

IMG-20230101-WA0607.jpg

गान्तोक: एसकेएम युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तानको नेत्रृत्वमा रहेको युवा टोलीद्वारा समष्टि स्तरीय पार्टी कार्यकर्ताहरुसँग भेटघाट गर्ने क्रार्य सक्रिय गरिएको छ। याङगाङ समष्टि अन्तर्गत लिम्बुङ नामफोकका पार्टी कार्यकर्ताहरुसँग भेटघाट गर्दै युवा जमातसँग न्तरक्रिया गरिएको छ। एसकेएम गान्तोक युवा प् अध्यक्ष लाक्पा मोक्तानको साथमा रहेको टोलीद्वारा समष्टि स्तरीय पार्टी कार्यकर्ताहरुसँग भेटघाट गर्दै उनीहरु समस्या र सुजाउ सुन्ने क्रममा हिजो टोलीले दक्षिण सिक्किम नाम्ची जिल्ला अन्तर्गत लिम्बुङ नामफोकको भ्रमण गर्दै पार्टी कार्यकर्ता साथै जनसाधारणसँग भेट गरेका हुन्। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको निर्देशनमा उनले पार्टी कार्यकर्ता साथै जनसाधारणलाई भेट गर्ने काम गरिरहेका छन्। यस भ्रमण अवधि उनले त्यहाँको विभिन्न विकासीय योजना बारे अनि पार्टी कार्यकर्ता अनि जनताको हरेक समस्याहरूलाई सुनेर त्यसको समाधान गर्ने दिशामा पहल गरेका छन्। भ्रमणको कर्ममा अध्यक्ष मोक्तान अनि टोलीले पार्टी स्थापनाकालका पार्टी कार्यकर्ताहरुको घर घरमा पुगेर उनीहरु समस्या सुन्दै समस्या समाधान गर्ने कामपनि गरिरहेका छन्। उनले समष्टिका युवा जमातसँग भेट गर्दै अन्तरक्रिया समेत गरिरहेका छन्। भ्रमणको क्रममा युवा अध्यक्ष लाक्पा मोक्तानको साथमा राज्य स्तरीय युवा प्रमुख संयोजक सहदेव शर्मा युथ कन्भेनर नरेन श्रेष्ठ पसमन्वयक सोनाम भोटिया साथै अन्यको उपस्थिति रहेको थियो। यसैक्रममा अध्यक्ष मोक्तानले अप्पर लिङमो पुगि बिरामी पार्टी कार्यकर्ता उपचारधीन बिरामी सित भेटघाट गर्दै मुख्यमन्त्रीको तर्फबाट आर्थिक सहयोग साथै खाद्य सामाग्री उपलब्ध गराएको पनि जानकारी गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *