रिफर्म कलद्वारा पोप बेनेडिकको निधनमा शोक व्यक्त

IMG-20230101-WA0608.jpg

गान्तोक: रिपर्म कलका प्रमुख गनेश राईले आज एक प्रेस बयान जारी गर्दै पोप एमेरिटस बेनेडिक्टको मृत्युमा दुःख व्यक्त गरेका छन्। उनले यतिबेला शोकमा संसार र विशेष गरी क्याथोलिक विश्वासीहरूलाई शोकमा डुबाएको उल्लेख गर्दै आफू पनि दुःखमा सामेल रहेको जनाएका छन्। पोप बेनेडिक्टलाई एक महान धर्मशास्त्री र शिक्षकको रूपमा सम्झिनेछ जसको विवेक र नम्रता विश्वभरका सबैलाई आशीषमय बनाउने रहेको उल्लेख गरेका छन्। राईले सन्देशमा उल्लेख गरेअनुसार आफ्नो कार्यकालमा पोप बेनेडिक्टले विश्वशान्ति आपसी भाइचारामा आफ्नो ध्यान केन्द्रित गर्नुभएको थियो। सेवामा रहनुभएका पोप बेनेडिक्टको आत्माले परलोकमा शान्ति पाओस् भनी थप उल्लोख गरेका छन्।

About Author

Advertisement