२५० परिवारहरू हाम्रो पार्टीमा सामेल

IMG-20220606-WA0141.jpg

दार्जीलिङ: माल रोड स्थित हाम्रो पार्टीको कार्यालय पी कोठीमा आज सुकिया, मानेभज्याङ समष्टि अन्तर्गत सिमाना, मझुवा, बतासे, हिन्दु डाडा, राणा डाडा आदि क्षेत्रहरूबाट २५० भन्दा धेर समर्थकहरूले हाम्रो पार्टीको झण्डा समाए। समर्थन कार्यक्रममा हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवार्डस विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै पार्टी महासचिव फुर्तेम्बा भोटिया आदि उपस्थित रहेका थिए। समर्थन गर्न आएका समर्थकहरूलाई पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्डसले तपाईहरूको सहयोग विना पहाडमा जनताको राज ल्याउन सम्भाव छैन, तपाई हामी एक भएर पहाडमा जनता राज ल्याउन पर्छ भन्दै खदा लगाउँदै पार्टीमा स्वागत जनाए। आयोजित समर्थन कार्यक्रमलाई पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाले सम्बोधन गर्दै अजय एडवार्डस एक समाजसेवी हो। तिनले सामाजिक मञ्चबाट गरीव दुखीहरूलाई धेरै सहयोगहरू गर्दै आएको छ तर सामाजिक मञ्चबाट जे जति सेवा गर्न सकिन्छ,त्यो भन्दा अझ धेर राजनैतिक चौकीमा बसेर गर्न सकिन्छ भन्ने सत्यता बुझेर उनी केवल जन सेवाको लागि राजनैतिक मैदानमा ओर्लिएको हो भोटियाँले भने। गत केही साल अघि देशभरी नै कोरोना सङ्क्रमणले आतङ्कित बनाएको अवस्था पनि अजय एडवार्डस स्वयम गाउँ गाउँ गएर जनतालाई सहयोग र सेवा पूराएका थिए। पहाडको अझ पनि धेरै ग्रामिण क्षेत्रहरूमा बाटो पुग्न सकेको छैन, गाउँ धरमा गाडी पुग्न नसक्दा स्थानीय मानिसहरूले भोग्नु परिरहेको समस्याहरूलाई आत्मासात गर्दै अजय एडवाडर्सले धेरैवटा गाउँहरूमा आफ्नो गोजीको पैसा खर्च गरेर कच्चा बाटोहरूको निर्माण गरिदिएका छन। धेरै गरीव विद्यर्थीहरूको स्कूल फिस, कलेज फिस, खाता कितावहरूको भार उठाउदै आएको छ। गरीव विमारीहरूको उपचारको खर्च उनी स्वयमले उठाउँदै आईरहेको छ। अजय एडवार्डसको यस्तै सामाजिक कार्यहरू देखेर धेरै अघिदेखि गर्दै आएको राजनैतिक पार्टी छोडन आफुलाई दुई मिनट पनि नलागेको महासचिव भोटियाँले बताए। अजय एडवार्डसको समाजिक कार्य अनि हाम्रो पार्टीको स्वच्छ भिजन देखेर समर्थकहरूले आगमी २६ जूनको दिन मतदान हुने जीटीए सभाको चुनावमा बम्पर मत दिएर हाम्रो पार्टीलाई विजय बनाउने संकल्प लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement