गान्तोक: उत्तर सिक्किमको जङ्गु क्षेत्रअन्तर्गत नामप्रिकदाङमा दुई दिवसीय नामसुङ उत्सवको तयारी पूरा भएको छ। आगामी ३० र ३१ दिसम्बरको दिन आयोजना हुने यस उत्सवको अन्तिम दिन मुख्यमन्त्री पीएस गोले मुख्य अतिथि रहने क्षेत्र विधायक तथा आयोजक समितिका मुख्य संरक्षक पिञ्चो नामग्यल लेप्चाले जानकारी गराएका छन्।
नामसोङ उत्सवको तयारीबीच आय यसै मैदानमा विविध कार्यक्रमको साथमा प्री नामसोङ पर्व पालन गरियो। यस उत्सवमा विविधि सांस्कृतिक कार्यक्रमको साथमा पारम्परिक खेलकुद पनि मुख्य आकर्षण रहने आयोजक पक्षको भनाइ रहेको छ। क्षेत्र विधायक पिञ्चो नामग्यल लेप्चाले सबैलाई यस उत्सवमा सहभागी बन्ने अपील गरेका छन्।









