फ्लोर टेस्टमा हाम्रो पार्टी फेल भागोप्रमो पास

दार्जिलिङ: दार्जीलिङ नगरपालिका बोर्डको आज भएको फ्लोर टेस्टबाट हाम्रो पार्टीको चेयरम्यानलाई हटाइएको छ। आज भएको फ्लोर टेस्टपछि हाम्रो पार्टीको कब्जाबाट दार्जिलिङ नगरपालिकाको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कब्जामा पुगेको छ। आज भएको फ्लोर टेस्टमा ३१ सदस्यहरूमध्ये कुल १६ जना उपस्थित रहेका काउन्सिलरहरुले सर्वसम्मतिमा वर्तमान चेयरम्यानलाई हटाएर नयाँ चुनावसम्मका लागि बोर्डको नेतृत्व कार्यकारी अधिकारी तापस हाजरालाई दिइएको छ। फ्लोर टेस्टपछि बोर्ड परिवर्तन नभएको र १० दिनभित्र नयाँ चुनाव गराएर बोर्ड परिवर्तन हुने भएको जानकारी प्राप्त भएको छ।

जीटीएका मुख्य कार्यपाल एवं भागोप्रमोका अध्यक्ष अनित थापाले दार्जीलिङ नगरपालिकामा आज भएको फ्लोर टेस्टको नतिजालाई आफ्नो राजनीतिक जीत भएको बताएका छन्। फ्लोर टेस्टपछि निकै हर्षित मुद्रामा देखिएका थापाले विरोध प्रदर्शन गरिरहेकाहरुलाई आफ्नो हार नपचेको बताएका छन्। उनले फ्लोर टेस्टलाई सामान्य प्रक्रिया भएको र राजनीतिमा यस्तो भइरहने बताएका छन्। उनले हारलाई स्वीकार गरेर अगाड़ी बढ्दा सहज हुने पनि बताए।
उनले यो कुनै नयाँ समीकरण नभएको भन्दै अनित थापाको पक्षमा समीकरण बनेको बताए। उनले पहाडमा अब प्रेक्टिकल राजनीति शुरु भएको पनि बताएका छन्। अाज भएको फ्लोर टेस्टमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत प्राप्त गरेपछि पार्टी अध्यक्ष एंव जीटीए चिफ् अनित थापाले दिपेन ठकुरी दार्जीलिङ नगरपालीकाको नयाँ अध्यक्ष बन्नेछन् भनी बताएका छन्।
दार्जीलिङ नगरपालिका बोर्डका कार्यकारी अधिकारी तापस कुमार हाजराले आगामी ७ दिनमा नयाँ बोर्ड बन्ने बताएका छन्। आज भएको दार्जिलिङ नगरपालिकाको बोर्डको फ्लोर टेस्टका बारेमा पत्रकारहरुसँग कुरा गर्दै हाजराले बोर्डको आगामी बैठकमा नयाँ चेयरमेनको टुंगो लाग्ने जानकारी दिएका छन्। उनले आज भएको फ्लोर टेस्टमा १६ जनाको वार्ड काउन्सिलरहरूको बहुमतले अहिलेको चेयरमेनलाई पदबाट हटाएको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement