मेस्सीको जर्सी धोनीकी छोरीलाई उपहार

लियोनल मेस्सीले अर्जेन्टिनाका लागि यस वर्ष विश्वकप जितेका हुन्। कतारमा उनको विश्व च्याम्पियन बन्ने सपना पूरा भयो। विश्वभर मेस्सीको नाम गुन्जिरहेको छ। मेस्सीको जित भारतमा पनि मनाइयो। अर्जेन्टिनाका स्टारले भारतका दिग्गज क्रिकेटर एमएस धोनीकी छोरी जिवालाई पनि उपहार पठाएका छन्। साक्षी धोनीले आफ्नो इन्स्टाग्राममा जीवाका केही तस्बिर सेयर गरेकी छिन्, जसमा जिवा मेस्सीको जर्सी लगाएर उफ्रिरहेको देखिन्छ। यो जर्सीमा मेस्सीको अटोग्राफ पनि छ। जिवाको सामाजिक सञ्जाल अकाउन्टबाट मेस्सीले दिएको उपहारका तस्वीर पनि सेयर गरेका छन्। तस्वीर सेयर गर्दै उनले लेखेका छन्, ‘जस्तो बाबु, उस्तै छोरीl’ जिवाको जर्सीमा पारा जिभा लेखिएको स्पष्ट देखिन्छ, जसको अर्थ जिभा हो। धोनीको फुटबल प्रेम कसैबाट लुकेको छैन। धोनी इण्डियन सुपर लिग टोली चेन्नईयिन एफसीका सह-मालिक पनि हुन्।

About Author

Advertisement