डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कारलाई लिएर सभा सम्पन्न

IMG_20221227_235516.jpg

गान्तोक: डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार २०२३ को निम्ति छलफल गर्न ट्रस्टको एक सभा हालै सम्पन्न भयो। उक्त सभामा विशेष गरेर वैचारिक आदान प्रदानपछि पुरस्कार २०२३ को निम्ति विभिन्न प्रस्ताव पारित गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। उक्त पुरस्कारको निम्ति केवल नेपाली भाषाका साहित्यिक पुस्तकहरू जस्तै उपन्यास, कथा, लघुकथा संग्रह, कविता संग्रह, समालोचना हुनुपर्नेछ। यी सबै पुस्तकहरू २०१९, २०२, २०२१ को अवधिमा प्रकाशित भएको हुनुपर्नेछ भने ट्रस्टले यी वर्षहरूमा प्रकाशित भएका पुस्तकहरूलाई माभ चयनित गर्नेछ। पुरस्कार चयनको निम्ति केवल सिक्किम राज्य अनि दार्जीलिङ, जलपाइगढी, कालेबुङ, खरसाङ, गोरूबथान, सिलगढी र डुवर्सका कृतिहरूलाई समावेश गरिने प्रस्ताव पारित गरेको छ। यसका साथै सभाले सबै सहभागीहरूलाई समान अवसर दिनको निम्ति उपरोक्त तोकिएको समयावधिभित्र लेखिएका साहित्यकारको एउटा पुस्तक ट्रस्टद्वारा स्वीकृत गरिने भएको छ। यसरी नै पुरस्कार मूल्याङकनको निम्ति लेखकहरूले आफ्नो कृतिको चर प्रति मिति २५ जनवरीभित्र ट्रस्टको कार्यालयमा पठाउनु पर्ने आग्रह गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *