कोरोनालाई लिएर राज्य सरकारले जारी गऱ्यो नोटिफिकेसन

IMG_20210619_080404.jpg

गान्तोक: देशमा बढदो कोरोना भाइरसको स्थितिलाई ध्यानमा राख्दै राज्य सरकारको गृह विभागले आज एउटा नोटिफिकेसन जारी गरेको छ। विशेष गरेर राज्य सरकारले राज्यबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै यो नोटिफिकेसन जारी गरेको हो। विभागद्वारा जारी गरिएको नोटिफिकेसन अनुसार अबोप्रान्त मास्क अनिवार्यरूपमा लगाउनु पर्ने उल्लेख गरेको छ। यसका साथै भीडभाड ठाउँमा नजाने साथै अनिवार्य नभएसम्म विदेश यात्रा नगर्ने पनि सराकरले आग्रह गरेको छ। सामाजिक दुरू कायम राख्नु पर्ने, निरन्तर साबुनले हात धुनु पर्ने सुझाउ दिएको छ। यदि कसैलाई पनि निरन्तर ज्वरो, खोकी लागेको खण्डमा चिकित्ससँग परामर्श लिनु पर्ने बताएको छ। उल्लेखनीय छ, चीनमा कोरोना भाइरसको नयाँ रूपमा ओमिकरनले त्यहाँ धेरै मानिसहरूको मृत्यु भएको अवस्थालाई ध्यानमा राख्दै केन्द्र सरकारले यस प्रकारको निर्णय लिएको हो।

About Author

Advertisement