गान्तोक: अस्ट्रेलियाली उच्च आयोग नयाँ दिल्ली र अष्ट्रेलियन वाणिज्य दुतावास कलकताका राजीव घोषले आज केन्द्रीय रेफरल अस्पताल मणिपालमा भ्रमण गरे। सिक्किम मणिपाल विश्वविद्यालय न्तर्गत मणिपालको भ्रमणको क्रममा टोलीले सीआरएचका मेडिकल सुपरिटेन्डेन्ट डा योगेश वर्मासँग भेट गरे। साथै अन्य वरिष्ठ अधिकारीहरुसित उपलब्ध चिकित्सा सुविधाबारे छलफल गर्न अष्ट्रेलियालाई आवश्यक पर्ने कुनै पनि आपतकालीन चिकित्साको अवस्थाबारे जानकारी लिए। उनीहरुले अस्पतालको पनि भ्रमण गरेका थिए। पछि प्रतिनिधिहरूले उपकुलपति डा. (लेफ्टिनेन्ट जनरल) राजेन एस ग्रेवालसँग भेट गरे। सिक्किम मणिपाल विश्वविद्यालय र विभिन्न विषयमा फलदायी छलफल भयो। उपकुलपतिले टोलीलाई सबै प्रकारको जानकारी प्रदान गरेका थिए।