सुसाको नयाँ कार्यकारी समिति गठन

IMG-20221226-WA0394.jpg

गान्तोक: सिक्किम यूनिभर्सिटी स्टुडेन्ट एसोसिएशनको (सुसा) को चुनाव २२ दिसेम्बरको दिन सम्पन्न भयो। यस वर्ष विश्वविद्यालयको आधिकारिक मतदाता सूचीमा सूचीकृत विद्यार्थीहरूको कुल संख्या २२२१ थियो जसमध्ये ५५ प्रतिशत मतदाताहरूले मतदानको दिन आफ्नो मतदान गरेका थिए। महासचिव पदमा टिम आइडियाका उम्मेदवारले मात्रै जितेका थिए। सिक्किम विश्वविद्यालय विद्यार्थी संघको नवनिर्वाचित कार्यकारी समितिमा अध्यक्ष योगेश शर्मा, उपाध्यक्ष स्तुति रानी गोगोई, महासचिव देवराज क्षेत्री, सहसचिव- टासी छोङ शेर्पा, कोषाध्यक्ष किरण शर्मा, शैक्षिक मामिला सचिव किशन गुरुङ, समाज सेवा मामिला सचिव उमंग योञ्जन, खेल तथा खेलकुद मामिला सचिव जोर्डन लेप्चा, सांस्कृतिक मामिला सचिव करेन पञ्चकोटी सामेल छन्।

About Author

Advertisement