सिलगढी: सिलगढीमा गोरुको ढकनीबाट नालीमा खसेर एकजनाको मृत्यु भएको छ। घटना सोमबार विद्यासागर रोडमा रहेको सिलगढी महानगरीय प्रहरीको खाल्पाडा चौकीमा भएको हो। मृतकको नाम भने खुल्न सकेको छैन। अज्ञात मृतक मध्यम उमेरका रहेको बताइएको छ। सो क्षेत्रमा सोमबार दिउँसो दुई गोरु झगडा भएको थियो। त्यतिबेला ती व्यक्ति साइकलमा सवार थिए। अचानक गोरुको ठक्करबाट तिनी नालीमा खसेका थिए। त्यतिकैमा एउटा साँढे झरेर नालीमा त्यो व्यक्तिमाथि खस्यो। स्थानीयले आएर व्यक्तिलाई उद्धार गरी सिलगढी जिल्ला अस्पताल पुऱ्याए थिए। तर त्यहाँ तिनलाई मृत घोषित गरियो।

यता, खबर पाएर खालपाडा चौकीको प्रहरी र दमकल घटनास्थलमा पुगेको थियो। साँझसम्म दमकलले नालीमा परेको गोरुलाई उद्धार गरेको थियो। खबर पाएलगत्तै सिलगढी नगरपालिकाको वडा नम्बर ७ का वार्ड काउन्सिलर पिन्टु घोष घटनास्थल पुगेका थिए। प्रहरीले मृतकको परिचय खुल्ने प्रयास गरिरहेको छ।