वरिष्ठ पत्रकार दिपमिलन प्रधानलाई सम्बर्ध्दना

IMG-20221226-WA0323.jpg

मिरिक: मिरिकको फुवागडी आराधाना चर्चको आयोजनमा फुवागडी लामेटार खेल मैदानमा सम्पन्न क्रिसमस उत्सवको अवसरमा प्रतिष्ठा कार्यक्रममा वरिष्ठ पत्रकार दिप मिलन प्रधानलाई सम्बर्ध्दना जनाइएको छ। वरिष्ठ पास्टर एबी सुब्बाको प्रार्थनाबाट शुरु भएको कार्यक्रममा मुख्य अतिथिको रुपमा पास्टर अभय मनेन, राखी मनेन उपस्थित थिए भने वरिष्ठ संगीतकार महेश्वर लामा, कैलाश राई, भावना थापा, बिदुर गुरुङ, इस्तरा गुरुङ, विवेक शर्मा, अशोक घिसिङ, पत्रकार संजय प्रधान, उमेश कार्कीढोली, रहिम रामुदामु लगायत अन्य विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । पास्टर राजीव सुब्बाद्वारा सञ्चालित कार्यक्रममाझ फुवागडी चियाबारीको नाम रोशन गर्दै विगत १९९६ सालदेखि मिरिक क्षेत्रबाट अनवरत रूपमा पत्रकारिता गर्दै आएका सञ्चारकर्मी दीप मिलन प्रधानलाई उत्कृष्ट पत्रकारको रूपमा सम्बर्ध्दना जनाइएको छ। यसरी नै खेलकूदको क्षेत्रमा श्रद्धा लामगादे, शिक्षाको क्षेत्रमा एमबीबीएस गर्दै आएकी सृष्टि घिसिङ अनि संगीत क्षेत्रमा गौरव लामालाई सम्बर्द्धना जनाइएको छ। पास्टर राजीव सुब्बाले यसरी आफ्नो गाउँका प्रतिभाहरुलाई समय हुँदै सम्बर्द्धना गर्न पाउँदा अत्यन्त खुशी लागेको बताएका छन्। उनले आफ्ना प्रतिभाहरुको समयमा नै मुल्यांकन गर्न सके मात्र उनीहरुमा अघि बढ्ने उर्जा प्राप्त हुने धारणा व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि अशोक घिसिङ अनि राजेश लामगादेले सम्पन्न कार्यक्रमले प्रतिभाहरुमा जोश अनि उत्साह भरेको बताउँदै कार्यक्रमले संघ संस्थाहरुको आँखा खोलि दिएको विचार व्यक्त गरे। कार्यक्रममा पास्टर राजीव सुब्बा अनि अल ईन्डिया रेडियो खरसाङका वरिष्ठ उदघोषक उमेश कार्कीढोलीमाझ क्रिसमस उत्सवको महत्त्व अनि औचित्यबारे अन्तरक्रिया सम्पन्न भयो। यस अवसरमा स्थानीय कलाकारसहित खरसाङका वरिष्ठ संगीतकार एंव गायक महेश्वर लामा, पास्टर अभय मनेन, रोहित तामाङ लगायत अन्य विशिष्ट कलाकारहरुले
विभिन्न साङ्गीतिक प्रस्तुति दिन्दै मनोरञ्जन गराएका थिए।

About Author

Advertisement