सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-मा डाबग्राम एफसी च्याम्पियन भयो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा डाबग्राम एफसी-ले रेड हर्स (इलाम, नेपाल)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बिरेन प्रधानले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः मनीष थापा, रेड हर्स (इलाम, नेपाल)
प्लेयर अव् द टुर्नामेण्टः हरि सिटौला, रेड हर्स (इलाम, नेपाल)
हाईएस्ट स्कोररः शेखर राई, रेड हर्स (इलाम, नेपाल)
बेस्ट टीमः केकेएफसी (झापा, नेपाल)
बेस्ट गोलकीपरः भीनस एफसी (फिक्कल, नेपाल)-का गोलकीपर।