काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसहित सात दलको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए।










