नव मिलन परिवार, पुल बजार धोतरिया बालासनको तत्त्वावधानमा आयोजित बालासन कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच खेलियो। इनटेक नजिक खेल मैदानमा जारी यस सेभेन ए साइड टुर्नामेण्टअन्तर्गत भएको म्याचमा जीटीसी लेबोंगले निरपानीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट निरञ्जन काजी, साम छिरिंग लेप्चा र डाकमान राईले गोल गरे। डाकमान राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब ८ जनवरीको दिन खेलिने पहिलो सेमिफाइनलमा अम्बोटिया एफसी र भीनस एफसी (नेपाल)-बीच भिड़न्त हुनेछ। यसरी नै १५ जनवरीमा खेलिने दोस्रो सेमिफाइनलमा जीटीसी लेबोंग र बुङकुलुंग एफसी-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल २२ जनवरीमा हुनेछ। आयोजक समितिका अध्यक्ष हिम्मत प्रधानले बताएअनुसार, टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।