निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टः सिम्ले युनाइटेड बोइज क्लब विजयी

IMG-20221226-WA0081.jpg

सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको तत्त्वावधानमा आयोजित निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टमा आयोजक टीमले जीत हासिल गऱ्यो। मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल नजिक)- मा आइतवार भएको म्याचमा सिम्ले युनाइटेड बोइज क्लबले ग्लेनबर्न युनाइटेडलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अदित्य गुरुङले गोल गरे। सोमवार खेलिने म्याचमा जाबरा एफसी र युनाइटेड रंगबुल फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १९ र २० जनवरी २०२३-मा हुनेछ। फाइनल २२ जनवरीमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई निरुकला तामाङ स्मृति विनर्स ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई नन्दमाया मंगर स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement