ड्रग्ससितै एक युवक पक्राउ

5079.jpg

गान्तोक: राज्यमा दिनप्रतिदिन ड्रग्सको धन्दामा वृद्धि भइरहेको छ। सिक्किम पुलिसले नशामुक्त राज्य बनाउने दिशामा केही महिनादेखि पहल शुरू गरेता पनि यसमा केही कमी भने देखिएको छैन्। प्रतिदिन ड्रग्स बिक्रेताहरूलाई पक्राउ गरिएको घटना प्रकाशमा आइरहेको छ। यसै क्रममा हिजो जोरथाङ पुलिसले भारी मात्रामा ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी डाँडा गाउँ जोरथाङ निवासी सन्दीप तामाङकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी तामाङले ड्रग्सको धन्दा गर्दै आइरहेको जोरथाङ पुलिसलाई विश्वासनीय सुत्रले सूचना दिएको थियो। सोही सूचनाको आधारमा पुलिसले आरोपीको घरमा छापा मार्ने क्रममा १०२ वटा विन्डलास विन्सपास्मो फोर्ट क्याप्सुल फेला पारेको छ। पुलिसले आरोपी तामाङविरूद्ध जोरथाङ थानामा सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement