कालचिनी – भाजपा ८ नम्बर मण्डल कमिटी अन्तर्गत गंगुटिया चियाबारी लगायत मेचपाड़ा ८ नम्बर एवम् अन्यान्य ठाउँहरूमा बूथ स्तरीय सभा साथै भारत रत्न स्व. अटल बिहारी वाजपेईको ९८औँ जन्मदिन पनि पालन गरीएको भाजपा ८ नम्बर मण्डल सदस्यहरूले जनाएका छन्। आज यस क्रममा गंगुटिया चियाबारीमा बुथ कमिटी ११/१७९ को सदस्यहरूलाई लिएर सभा सम्पन्न भएको थियो भने सो सभामा कालचिनी विधायक विशाल लामा लगायत भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामा, जिल्ला युवा सचिव नारायण लामा, अस्वीकार लामा, धीरज राई, अमल लामा आदिको उपस्थिति रहेको थियो।
आज यसै क्रममा नै मेचपाड़ा ८ नम्बर गाउँमा पनि भाजपाको बुथ सभा सम्पन्न भएको थियो भने सो सभामा कालचिनी विधायक विशाल लामा लगायत भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामा र अन्यान्यको उपस्थिति रहेको थियो। सभामा आज प्रायः सय भन्दा अधिक गाउँलेहरू विधायक विशाल लामाको उपस्थितिमा भाजपामा सामेल भएको भाजपा सुत्रले जनाएका छन्।









