सडक दुर्घटनामा शहीद बनेकाहरूलाई मुख्यमन्त्री गोलेले दिए अन्तिम श्रद्धाञ्जली

IMG-20221224-WA0403.jpg

गान्तोक: हिजो उत्तर जिल्लाको जेमामा सडक दुर्घटनामा परि १६ जना भारतीय सेनाका जवान शहीद बनेका थिए। आज उनीहरूको शव हवाइ जहाजको माध्यमद्वारा सिलगढीस्थित बागडुग्रामा ल्याइयो, जहाँ राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले अन्तिम श्रद्धाञ्जली अर्पण गरे। उल्लेखनीय छ, हिजो सडक दुर्घटनामा शहीद बन्ने १६ जना मध्ये तीन जना जेसीओ रहेका थिए। यसघटनामा परि चार जना घाइते भएका थिए, जसलाई हेलिकप्टरको माध्यमद्वारा उपचारको निम्ति सिलगढी लगिएको थियो।

यस घटनालाई लिएर देशका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले दुर्घटनामा परि प्राण गुमाउने सैनिकका परिवारलाई दुई लाख गरेर दिने घोषणा गर्दै मृतका परिवार गहिरो सहानुभूति प्रकट गरेका छन्। सोही प्रकारले देशका रक्षामन्त्री राजनाथ सिंहले पनि उतर जिल्लामा भएको दुर्घटनालाई लिएर शोक प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *