नाम्चीमा किसान दिवस पालन

IMG-20221224-WA0404.jpg

गान्तोक: दक्षिण जिल्लाको नाम्चीमा किसान दिवस पालन गरियो। मन्त्री परिषद सचिवालय साथै पिउने पानी, स्वच्छता मन्त्रालयको संयुक्त तत्ववाधानमा गत १६ दिसम्बरदेखि पालन गरिएको किसान दिवस स्वच्छ पखवाडा दिवसको एक अङ्ग रहेको छ। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्यबारे वरिष्ठ वैज्ञानिक कर्मा पेडेन कल्योणले विस्तृतरूपमा जानकारी गराइन्। यसरी नै कृषि विज्ञान केन्द्रमा सक्रियारूपमा कार्य गर्दै आएकी पेमा ओङमु शेर्पाले सेल्फ हेल्प ग्रुपद्वारा गरिएको विभिन्न कार्यबारे अवगत गराइन्। उनी पेशाले किसान भएको हुनाले यस कार्यक्रमलाई उनलाई किसान दिसव पुरस्कार पनि प्रदान गरियो।

About Author

Advertisement