गंगुटिया नव युवा संघद्वारा सार्वजनिक शौचालयको उद्घाटन

1825e13a-2c6d-40e0-ad7a-0c2499fbb884


कालचिनी – कालचिनी थाना अन्तर्गत पर्ने गंगुटिया चियाबारीको हाटखोलामा आज स्थानीय युवाहरूद्वारा गठित क्लब गंगुटिया नव युवा संघको पहलमा निर्मित सार्वजनिक शौचालयको उद्घाटन स्थानीय समाजसेवी वसन्त राईको बाहुलीबाट रिबन काटेर गरीयो| उक्त अवसरमा गाउँले समाजसेवीहरू मनोज नौबाग, बिमल नाग, एवम् अन्यान्यको उपस्थिति रहेको थियो| सार्वजनिक शौचालयको आवश्यकताबारे क्लबका सचिव सबुत थापा र कोषाध्यक्ष सुभाष मंगरले हाट बजारमा धेरै मानिसको भीड़ बढ़ती भइरहेको र जनसाधारणलाई विशेष शौचालयको सुविधा उपलब्ध नभएकोले गंगुटिया नव युवा संघको पहलमा यो सार्वजनिक शौचालयको निर्माण गरीएको र यसले हाट बाजार आउने सर्वसाधारणलाई सुविधा हुने जनाएका छन्|
गंगुटिया नव युवा संघको सदस्यहरूले यो एउटा असल कार्य गरेको र यसमा हामी सबैले उनीहरूलाई सहयोगिताको हात बढ़ाउन पर्ने र यी युवाहरूले कोरोनाकालमा लकडाउन अवधी धेरै मदत गरेको बताएको छ|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement