भारत स्काउट्स एण्ड गाइड्सको तीन दिवसीय एयर विङ्ग प्रवेश क्याम्प औ टेस्टिङ क्याम्प

e7b86909-ebd3-42ef-9e9d-e25c85a8b800


कालचिनी –भारत स्काउट्स एण्ड गाइड्सको आयोजनामा शनिबारदेखि चुवापाड़ा हिन्दी स्कूल प्राङ्गणमा तीन दिवसीय एयर विङ्ग प्रवेश अनि टेस्टिङ क्याम्पको शुरुवात गरेको जानकारी भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्गको कालचिनी ब्लक एयर स्काउट लीडर घनस्याम उरॉंवले दिएका छन्|
आज शिविरको उद्घाटन भारत स्काउट्स एण्ड गाइड्सको झण्डा उत्तोलनको साथमा गरीएको थियो भने प्रमुख उपस्थिति भारयीय वायुसेनाका फ्लाइङ्ग अधिकारी समाजसेवी डा.कमल कुजूर, चुवापाड़ाका समाजसेवी बिक्रम विश्वकर्मा, सादरी सिनेमाका निर्देशक प्रितम लोहार एवम् अन्यान्यको उपस्थिति रहेको थियो| आगामी तीन दिनसम्म चल्ने उक्त शिविरमा प्रायः १४० जना स्काउट्स एण्ड गाइड्सको केटाकेटीहरू रहेको र यिनीहरूलाई वायुसेनामा भर्ना हुनलाई के तयारी गर्नुपर्छ एवम् अन्य विषयहरूमाथि प्रशिक्षण गराइने एयर स्काउट लीडर घनस्याम उरॉंवले जनाएका छन्|

About Author

Advertisement