तृणमूल कङ्ग्रेसले प्रधानमन्त्री आवास योजना अन्तर्गत घर दिने नाममा भाजपाले भ्रष्टाचार गरेको आरोप

e6e25ecf-1ece-4dcd-bb13-a2eacca1a002

सिलगढी: तृणमूल कङ्ग्रेसले भाजपाले प्रधानमन्त्री आवास योजना अन्तर्गत घर उपलब्ध गराउने नाममा भ्रष्टाचार गरेको आरोप लगाएको छ। शनिबार सिलगढी डबग्राम २ जोनको तृणमूल कङ्ग्रेसले सिलगढी महानगरीय प्रहरीको भक्तिनगर थाना अन्तर्गत असिघर चौकीको पुलिसलाई आवास योजना सूचीमा भएको भ्रष्टाचारको सम्बन्धमा भाजपाको विरुद्धमा ज्ञापनपत्र बुझाएको थियो। शनिबार डाबग्राम २ क्षेत्रका तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले विरोध जुलुस निकालेर आशिघर चौकी अगाडि पुगेर आशिघर चौकी प्रहरीलाई ज्ञापनपत्र बुझाए। डबग्राम नम्बर २ क्षेत्रको ख पार्टका अञ्चल अध्यक्ष शंकर राईले डबग्राम फुलबारी क्षेत्रका कयौं घरमा सरकारी घर निर्माणको नाममा भाजपा कार्यकर्ताले घरघर गएर कागजपत्र संकलन गरिरहेको बताए । यो खबर पाएपछि तृणमूल कङ्ग्रेसका कार्यकर्ता ती सबै घरमा गए र धेरै भाजपा कार्यकर्ताले घर दिने नाममा महत्त्वपूर्ण कागजातको जेरोक्स लिएको पाए। यद्यपि यसको जानकारी बीडीओ कार्यालयलाई दिइएको छैन। तृणमूल कङ्ग्रेसले भाजपाका कार्यकर्ताहरूले जनताबाट झूटा वाचा गरेर महत्त्वपूर्ण कागजातहरू लिएको दाबी गर्दै आज आशिघर चौकीको प्रहरीमा लिखित उजुरी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement