यस वर्ष क्रिसमसमा केकको बिक्री अपेक्षाअनुरुप नहुनाले व्यवसायीहरू हताश

IMG-20221224-WA0216.jpg

कोलकता: क्रिसमसको पूर्वसन्ध्याले केक बिक्रेताहरूको अनुहारमा खुशी ल्याउनु पर्छ तर यस वर्ष विभिन्न कारणले बिक्री घटेको छ। सोचे अनुसारको आम्दानी नहुँदा व्यवसायी निराश छन्। क्रिसमस भनेको विभिन्न स्वादका केक हो। यो वर्ष कोरोनाको अवस्था केही सामान्य भएको छ। त्यसैले केक बिक्रेताले ठूलो दिनमा केक बजार जम्ने अनुमान गरेका थिए। तर एक्कासी कर बढेको खबरले फेरि केकको बिक्री घटेको छ। गत वर्षको तुलनामा केकको मूल्य पनि बढेको केक व्यवसायीहरूको विश्वास छ। जसका कारण क्रिसमसअघि नै प्रदेशका केक व्यापारीको मुहारमा मुस्कान छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement