कालचिनी/अलिपुरद्वार- विगत २०१५ सालको १२ नोभेम्बरको राती अलिपुरद्वार थाना अन्तर्गत पर्ने पटकापाड़ा चियाबारीका एकजना ५५ बर्षीय वृद्धा फूलचन्द कुमारलाई बोक्साको आरोपमा सोही गाउँका ५ जनाले मिलेर राती रामधुलाई दिई घरमा फ्याँकी राखेको थियो भने सोही राती नै सुतेको अवस्थामा फूलचन्द कुमारको मृत्यु भएको थियो। सो घटना सम्बन्धमा मृतकको छोराले पितालाई हत्या गरेको अभियोग अलिपुरद्वार थानामा दर्ता गरेको थियो भने पुलिसले पटकापाड़ा चियाबारीका लिउ ग्वाला, आकास मुण्डा, अरविन्द उराँव र लक्ष्मण उराँवलाई पक्राउ गरेका थिए- आरोपीहरt विरुद्ध आईपीसी धारा ३०२ धारा दर्ता भएपछि जेल हिरासतमा पठाएको थियो। पछि ५ बर्ष ७ महीनाको जेलबन्दी पश्चात यी अभियुक्तहरूले जमानत पाएको थियो भने बिहीबार उक्त मामिलामा सुनवाईमा अदालतले पाँचै जनालाई हिरासतमा लिएको थियो।
शुक्रबार सो मामिलाको सुनवाईमा अलिपुरद्वार जिल्ला सत्रह अदालतका न्यायधीस पापिया दासले ती पाँचै अभियुक्तहरू विरुद्ध आजीवन कारावासको सजाय साथै २० हजार नगद जरिमाना तोकेको छ भने यो पनि भुगतान नगरे ६ महीना अतिरिक्त सजा सुनाईएको छ।