गान्तोक: सदर पुलिसले नशालु पदार्थ सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवक नेपाल निवासी बिल हाङ सुब्बाकोरूपमा पुलिसले चिन्हित गरेको छ। विशेष गरेर आरोपीको मूल घर नेपासको ताप्लेजुङ रहेको र केही वर्षदेखि खाम्दोङमा बस्दै आइरहेका थिए। पुलिसले जानकारी गराए अनुसार विश्वासनीय सुत्रले आरोपी सुब्बाले नशालु पदार्थ बिक्री गर्दै आइरहेको र सो दिन पनि लुइङ फाटन नजिक बिक्री गर्न लागेको सूचना दिएको थियो। जाँचको क्रममा आरोपीबाट कूल ९३८ वटा सेम्पेक्स र निट्रासेटम ट्याबलेट फेला पारेको छ। यसका साथै पुलिसले आरोपीले चलाएको मारूती सुजुकी अल्टो पनि सिज गर्दै आरोपीलाई केरकार गरिरहेको छ। सोही प्रकारले हिजो नै जोरथाङ पुलिसले माझीगाउँ निवासी रञ्जीत शर्मलाई नशालु पदार्थ सहित पक्राउ गरेको जानकारी गराएको छ। आरोपी शर्माले जोरथाङमा नशालु पदार्थ बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको छ। पुलिसले आरोपीबाट ६८४ वटा विन्डलास् विन्सपास्मो क्याप्सु र ४ बोतल कफसिरप फेलापारेको छ। आरोपीद्वयविरूद्ध पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।