शीतकालीन फूटबल प्रशिक्षण शिविर शुरु

IMG-20221223-WA0111.jpg

लोवर सिटोंग खेलकुद संघको आयोजनमा एक महिने शीतकालीन फूटबल प्रशिक्षण शिविर शुरु भयो। स्कूलहरूमा शीतकालीन विदा शुरु भएपछि युवाहरूलाई विभिन्न कुसंगतिबाट टाढ़ा राखेर शारीरिक स्वास्थ्यता अनि असल नागरिक बन्न प्रेरित गर्ने लक्ष्यको साथ १०-१२ वर्षको आयु वर्गमा लोवर सिटोंग खेल मैदानमा २० दिसम्बरदेखि यस शीतकालीन फूटबल प्रशिक्षण शिविरको आयोजन गरिएको छ। शिविरको उद्घाटन कार्यक्रममा मुख्य अतिथिको रूपमा राष्ट्रिय स्तरका फूटबलर नादोङ भूटिया उपस्थित थिए।

यसबाहेक समाजसेवी विक्रम राई, मंगपू भेटरनबाट अल्पेड कार्थक, फिलिप राई, शिक्षक दिलीप गुरुङ, प्रशिक्षकहरू विनोद बान्तावा, जलदीप राई, बसन्त छेत्री र अनिकेत राइको विशेष उपस्थिति रहेको थियो। डिगेल फिपनले सञ्चालन गरेको कार्यक्रममा नादोङ भूटियासहित अन्य अतिथिहरूले आफ्नो सम्बोधनमा खेलाड़ीहरूलाई अनुशासित रहेर कठोर मेहनतको साथ सफलताको गोरेटोमा अघि बढ़्न प्रेरित गरे। शीतकालीन फूटबल प्रशिक्षण शिविरमा ५९ जना खेलाड़ीहरूले हिस्सा लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement