स्वास्तिका तामाङ स्मृति महिला फूटबलमा बतासिया एफसी र पुरुष वर्गमा भीरगाउँ वेलफेयर एसोसिएशन च्याम्पियन

IMG-20221223-WA0106.jpg

हेभन्स ग्लोरी नर्सरी स्कूल र बतासिया खेलकुद संघ (अप्पर बतासिया बस्ती, मानेभञ्ज्यांग) -को संयुक्त आयोजनमा भएको स्वास्तिका तामाङ स्मृति गर्ल्स फूटबल टुर्नामेण्टमा बतासिया एफसी च्याम्पियन भयो। बतासिया खेल मैदान (दलबहादुर स्मृति)- मा बिहीवार भएको फाइनलमा बतासिया एफसी-ले सिमाना एफसी-लाई ४-२-ले पराजित गऱ्यो। जम्मा १२ वटा टीमले हिस्सा लिएको यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ८ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। बयासिया एफसी-की सुश्मिता लेप्चाले प्लेयर अव् द म्याच अनि रिंकु राईले प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जितिन्।

यसरी नै पुरुष वर्गको मैत्री टुर्नामेण्टमा भीरगाउँ वेलफेयर एसोसिएशनले लंगुरदांग एफसी-लाई ३-२-ले पराजित गरी खिताब जित्यो। यस सिक्स ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। च्याम्पियन टीमका अश्विन राईले प्लेयर अव् द म्याच अनि सोनम राईले प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जिते। फाइनलमा मुख्य अतिथिको रूपमा मझुवा ग्राम पञ्चायत सचिव मणि डेजम सुब्बा उपस्थित थिए। समापन समारोहमा बतासियाका फूटबलर बिरेन प्रधानलाई सम्बर्द्धना जनाइयो। टुर्नामेण्ट २ अक्टोबरदेखि शुरु भएको थियो।

About Author

Advertisement