एनपीसीले “प्रभावी कार्यालय प्रशासन एवं वित्तीय प्रबन्धन”माथि २६ दिसम्बरदेखि आवासीय प्रशिक्षण दिइने

गान्तोक: आजको प्रतिस्पर्धी विश्वमा कुनै पनि सङ्गठनको सफलताका लागि प्रभावी कार्यालय प्रशासन (ईओए) तथा वित्तीय प्रबन्धन (एफएम) अपरिहार्य ठहर्दछ। ईएओका लागि आवश्यक केही महत्त्वपूर्ण कौशलतालाई नेतृत्त्व गुण, सञ्चार कौशल, मानव संसाधन प्रबन्धन, वित्तीय प्रबन्धन आदि मान्नसकिन्छ। वैश्विकृत युगमा, उच्च साङ्गठनिक साथै व्यक्तिगत श्रेष्ठता हासिल गर्ने परिप्रेक्ष्यमा आफ्नो ज्ञान र कौशल नियमित रूपमा बढाउन यस कारण महत्त्वपूर्ण हुन्छ। उत्पादक टोली निर्माण गर्नका साथै त्यसलाई प्रभावी रूपमा प्रबन्धन गरी व्यक्तिले कुशल रूपमा काम गर्ने हिसाबले उपलब्ध मानव संसाधनको उपयोग गर्नु प्रमुख प्रबन्धन चुनौती बन्ने गर्दछ।

केन्द्र तथा राज्य सरकारका विभाग, शैक्षणिक संस्थान, पीएसयु आदिका विभिन्न अधिकारीको कौशल उन्नयन गर्ने प्रयासको रूपमा, भारत सरकारको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गत राष्ट्रिय उत्पादनशीलता परिषद्ले (एनपीसी) देशभरी विभिन्न स्थानमा विविध आवासीय प्रशिक्षण कार्यक्रम आयोजन गरिरहेको छ। एनपीसीको आर्थिक सेवा समूहले “प्रभावी कार्यालय प्रशासन तथा वित्तीय प्रबन्धन” माथि आगामी २६ देखि ३० दिसम्बरसम्म, गान्तोक, सिक्किममा यस्तै आवासीय प्रशिक्षण कार्यक्रम आयोजन गर्नेछ। यसमा १३ वटा विभिन्न मन्त्रालय, शैक्षणिक संस्थान, निगम तथा अन्य विभागले भाग लिनेछन्।

एनपीसीका (आर्थिक सेवा) निर्देशक एवं कार्यक्रमका संयोजक एवं वित्तीय प्रबन्धनका सङ्काय राजेश शुण्डले यो प्रशिक्षण कार्यक्रम प्रतिभागीहरूले नेतृत्त्व, सञ्चार कौशल, कार्यालय प्रबन्धनका प्रवृत्ति अनि चुनौती, साङ्गठनिक सञ्चार तथा टोलीको कार्यनिष्पादन, भूमिका एवं दायित्त्वबारे गहन जानकारी प्रदान गर्ने बताएका छन्। निवेशको अनुमानबारे वित्तीय निर्णय लिने तथा परियोजना अनि टोलीलाई निर्देशनको सम्बन्धमा पनि प्रशिक्षण सत्र रहनेछ। प्रतिभागीहरूले गुणात्मक एवं परिमाणात्मक औजरको उपयोग गर्नका साथै प्रमुख वित्तीय जोखिम, मूल्याङ्कन तकनिकी अनि विशिष्ट रणनीतिको अध्ययन एवं विकास गर्ने औजार, सही रूपमा कार्यान्वयन लगायत वित्तीय लक्ष्य तय गर्ने सम्बन्धमा उपायको उपयोग गर्न सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement