सिक्किम सुधार सङ्कल्प यात्रा केही दिनको स्थगित

IMG-20221222-WA0382.jpg

गान्तोक: एक महिना अघिदेखि राज्यव्यापी सिक्किम सुधार सङ्कल्प यात्रामा निस्केको गणेश राईको टोली रिफर्म कलले केही समयको ब्रेक लिएको छ। लोसुङ नामसुङ पर्वलाई ध्यानमा राखेर यो ब्रेक लिइएको रिफर्म कलको भनाइ रहेको छ। सङ्गठनका प्रवक्ताहरूले आज पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएअनुसार सिक्किम सुधार सङ्कल्प यात्राले नाम्ची, गेजिङ, सोरेङ, पाकिम र गान्तोक जिल्लाको भ्रमण पूरा गरिसकेको छ भने यस ब्रेकपछि मंगन जिल्लाको भ्रमण गर्नेछ।

उल्लेखनीय छ, गणेश राईले यसै सिक्किम सुधार सङ्कल्प यात्रा अवधि नयाँ पार्टीको घोषणा गर्ने बताएका थिए। नयाँ पार्टीको निम्ति सबै तयारी पूरा भइसकेको सङ्गठनको भनाइ रहेको छ। पार्टीमा शिक्षित युवाहरूलाई प्राथमिकता दिइने बताइएको छ।

About Author

Advertisement