गान्तोक: राज्यमा सञ्चालित गैर सरकारी संस्थान सिक्किम सिस्टर्स र विद्या भारती सिक्किमको संयुक्त पहलमा आज एक कार्यक्रम आयोजना गरियो। सिच्छेस्थित एक होटलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदा पुऱ्याउने कूल २३ जनालाई अभिनन्दन जनाइयो। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा सिक्किम सिस्टर्सकी सहमन्त्री पबित्र दाहाल रहेकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम विद्या भारतीका संयोजक मोहन शर्माले संस्थाले अहिलेसम्म गर्दै आएको विभिन्न गतिविधिबारे विस्तृतरूपमा जानकारी गराए। यस संस्थाले विशेष गरे शैक्षणिक क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको उनले दावी गरे। हाल सिक्किम राज्यको विभिन्न स्थानमा विद्या भारती स्कूलको सञ्चालन भइरहेको र यसबाट स्थानीय नानीहरूले कम मूल्यमा राम्रो शिक्षा आर्जन गर्न सकेको उनले किटान गरे। शर्माले थप जानकारी गराए अनुसार देशमा अहिले नयाँ शिक्षा नीति लागु भएको र यसलाई संसदमा ल्याउन विद्या भारतीको ठूलो भूमिका रहेको थियो। यस संस्थाले शिक्षासँगै नानीहरूलाई राम्रो संस्कार प्रदान गर्दै आएको उनको भनाइ रहेको छ। आधारभूत र नैतिक शिक्षा बिहिन शिक्षाको कुनै महत्व रहदैन् भन्ने उद्देश्यले संस्थाले यस विषयमा पनि काम गर्दै आएको बताए। कोरोनाकालमा संस्थाले अहंम भूमिका निर्वाह गरेको शर्माले ठोकुवा गरे।