कालचिनी- कालचिनी खण्डको मधु चियाबारी स्थित रासन गोदामको ताल्चा फोरेर रासनको चामल र तेल चोरी भएको घटनाले मधु चियाबारीमा सनसनी मच्चिएको छ। प्राप्त जानकारीअनुसार मंगलाबार मध्यराती अज्ञात चोर समूहले मधु चियाबारीको फ्याक्ट्री अघि रहेको एमआर सपको रासन गोदाम फोरेर त्यहाँ रहेको जम्मा १३० बोरा चामल र १२ कार्टून खाने तेल लुट भएको सो रासन वितरक संस्था कालजनी सेल्फ हेल्प ग्रुपका सदस्यहरूले जनाएका छन्। गाउँबीच रहेको उक्त रासन गोदामबाट कसरी रासन चोरेर लग्यो यसबारे गाउँलेहरू पनि अचम्भित बनेका छन्। यता उक्त घटना सम्बन्धमा हाँसीमारा आउटपोस्टका पुलिसबलले घटनास्थलको निरीक्षण गरेपछि जाँच आरम्भ गरेको जनाएका छन्।









