मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङको वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न

IMG-20221221-WA0226.jpg

खरसाङ: प्रत्येक वर्ष जस्तै यस वर्ष पनि मार्शल आर्ट एण्ड फिटनेस एकेडेमीले आफ्नो वार्षिक अवार्ड समारोह २०२२ भव्य रुपमा मनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूद्वारा सजाइएको थियो जसमा जीटीएका कार्यकारी सभासद अनोस थापा प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने र खरसाङको ट्राफिक ओसी दोर्जी शेर्पा विशिष्ट अतिथिको रुपमा अतिथि थिए। उपस्थित अन्य अतिथिहरुमध्ये तीनधारे महानदी समष्टिको सभासद नवराज क्षेत्री र खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा जो खेलकुद तथा युवा मामिला विभाग र स्वास्थ्य तथा परिवार कल्याण विभागका सदस्यको विशेष उपस्थिति रहेका थिए। कार्यक्रममा प्रेमेन्द्र गुरुङ, टीटी लामा, सेन्सी नारायण थापा, शिहान अनिल राई, सेन्सी सञ्जय राई र डिङ्कु गुरुङ विशेष अतिथि रहेका थिए। समारोहमा कोलकाताबाट आएका अतिथिहरू जवर दास जो बंगाल ओलम्पिक संघका महासचिव हुन् र मोन्टु दास जो बंगालको किक् बक्सिङ संघका अध्यक्ष पनि विशेष उपस्थिति रहेका थिए। उनीहरुलाई माफाकी निर्देशका कल्पना क्षेत्रीले नेवारी टोपी लगाएर सम्मान जनाएका थिए। कोरियोग्राफर रित्तिका छेत्री अनि पूजा छेत्रीलाई पनि प्रमिला प्रधानको हाथबाट पुरस्कारले सम्मानित गरियो। समारोहमा माफाको प्रेसिडेन्ट देवकुमार प्रधान, कोषाध्यक्ष प्रमिला प्रधान, ब्रान्ज इन चार्ज छिरिङ डोमा भोटिया, तपना तामाङ, सुदिप प्रधान, उत्तम छेत्री र रिता शर्मा पनि उपस्थित थिए। कार्यक्रमलाई सन्जीला मुखियाले सञ्चालन गरेका थिए भने अकादमीको म्यानेजिङ डायरेक्टर ईसान गुरुङ अनि तक्निकी डाईरेक्टर राहुल विश्वकर्मले कार्यक्रम सुचारु रूपमा सञ्चालनमा सहयोग गरेका थिए। माफाले हरेक वर्ष विभिन्न क्षेत्रका व्यक्तिहरुलाई ३ वटा अवार्डहरू प्रदान गर्दै आएको छ भने यस वर्ष नेपाली साहित्यका क्षेत्रमा शम्भु राई, देवकुमार प्रधानलाई सामाजिक कार्य क्षेत्रमा र खेलकुद क्षेत्रमा राष्ट्रिय कराँते खेलाडी रिजोङ तामाङलाई सम्मानित गरेका थिए। माफाको संस्थापक, सेन्सी सन्दीप प्रधानले जनाए अनुसर यो वर्ष माफाको लागि धेरै सफल वर्ष थियो जसमा विद्यार्थीहरूले अत्यन्तै राम्रो प्रदर्शन गरे र ९ सहभागीहरूमध्ये १ स्वर्ण, ४ रजत र ४ काँस्यको कीर्तिमानका साथ अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा जीत हाँसिल गर्न सकेको छ। एकेडेमीले यस वर्ष उत्कृष्ट प्रयास गर्ने, तर खासै उपलब्धि हाँसिल गर्न नसकेका विद्यार्थीहरुलाई ५६ वटा पदकहरू वितरण गरेको छ। यस वर्ष पुरस्कार विजेताहरूको संख्यामा ठूलो वृद्धि भएको छ जसमा राज्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा प्रदर्शन गर्ने, २८ अपकमिङ फाइटरहरू, ५ रुसिङ स्टार, ८ गुड पर्फर्मर, १० फाइटर अफ् द इयरको रूपमा विद्यार्थीहरूलाई ट्रफीहरू प्रदान गरिएको थियो। समग्रमा बेस्ट ब्राञ्जको अवार्ड सिपाहीधुरा शाखा अनि खरसाङको जुनियर शाखाले च्याम्पियन ब्राञ्ज र सेम्पाई कृष्ण क्षेत्रीले इन्स्टीट्युट अफ् द इयर अवार्ड हात पारेका छन्। टप मोस्ट अवार्ड ‘कराँते अफ् द इयर २०२२’ महिलावर्गमा महानदी शाखाकी रोजी प्रधान र पुरुष वर्गमा खरसाङ शाखाको अयन राज राइलाई मुख्य अतिथि अनोस थापा अनि सेन्सी नारायण थापाले प्रधान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement