भागोप्रमो नरबुङ चियाबारीको बुथ स्तरीय कमिटी गठन

IMG-20221221-WA0238.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पदाधिकारीहरूका उपस्थितिमा नरबुङ चियाबारीमा बुथ स्तरीय कमिटी गठन गरिएको छ। उक्त बुथ स्तरीय कमिटीको लागि मातृका देवान र राजेस थापाको पहलमा सभा सम्पन्न भएको छ। उक्त सभा मातृका देवानको अध्यक्षता र राजेस थापाको सञ्चालनमा सम्पन्न भएको छ।
सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टी सचिव एवं तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले आफ्नो वक्तव्य राखेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको उपाध्यक्ष राजु लामा पनि उपस्थित रहेका थिए। यसै सभामा नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नरबुङ चियाबारीको बुथ स्तरीय पूर्णांक कमिटी गठन गरिएको छ। उक्त बुथ स्तरीय कमिटीमा सर्व सहमतिद्वारा सभापति मातृका देवान , उप सभापतिमा योगेस प्रधान, बिनोद थापा, संजीत राई अनि सञ्जीव प्रधान, सचिव विकास गुरुङ, सह सचिवमा सुरेन्द्र थापा, सुजेन राई, नवीन प्रधान र प्रदीप गिरी, कोषाध्यक्ष प्रमेस थापा, सांगठनिक सचिवमा बिक्रम राई, सन्नी राई, प्रकाश थापा र जविन प्रधान, प्रचार प्रसार सचिवमा राजा प्रधान, सल्लाहकारमा राजेस थापा, अमीर प्रधान, कपिल सुब्बा, सन्देश राई, फिरोज तामाङ, राजु थापा, शोभा प्रधान लगायत ४२ जनाको कार्यकारिणी सदस्यहरू चयन गरिएको छ।

About Author

Advertisement