सभासद सुब्बा पूल बजार विजनबारी समष्टिमा

IMG-20221221-WA0209.jpg

हाम्रो पार्टी भनेको जनताको सेवा गर्न जन्मेको पार्टी हो: प्रतीम

दार्जीलिङ: हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव सभासद प्रतीम सुब्बाले आज पूल बजार विजनबारी गोक समष्टिको भ्रमण गरे। यस अवधि स्थानीय मानिसहरूले सभासद सुब्बालाई भब्य स्वागत जनाए। सभासद सुब्बाले पूल बजार विजनबारी गोक समष्टि अन्तर्गत विभिन्न गाउँहरू घूम्दै जनताले भोग्न परी रहेको समस्याहरू बारे सोध खोज गरयो। यस अवधि स्थानीय मानिसहरूले गाउँको सर्वजनिक भवन साथै समाज धरहरूमा सभासद सुब्बालाई स्वागत जनाए अनि कोठे बैठकहरू पनि गरयो। यस अवधि स्थानीय मानिस हरूले भोग्न परेको समस्याहरू सभासद समक्ष राख्यो।

सभासद प्रतीम सुब्बाले हाम्रो पार्टी भनेको जनताको पार्टी हो भनि जानाएक। पहाड तराई डुवर्स क्षेत्रका जनता जर्नादाहरूले भोग्दै आएको हरेक समस्याहरूको समाधान गर्न हाम्रो पार्टीको गठन भएको हो भन्ने उपस्थित भीडलाई बताए। हाम्रो पार्टी भनेको जनताको सेवा कार्य गरेर जन्मेको पार्टी हो, हामी जस्तै अवस्थामा पनि जनताको सेवा गर्न छोडने छैनौ, हाम्रो पार्टीको भिजन नै जनताको सेवा गर्न हो। जनताको सेवा कार्यसंग संगै हाम्रो पार्टीले गोर्खा जातिको चिनारीको सवाललाई पनि आत्मासात गरेर अधि बडदै आएको छ भन्ने सभासद सुब्बाले उपस्थित भीडहरूलाई बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement