मञ्जुश्री गोल्ड कपः डाबग्राम एफसी फाइनलमा

photocollage_20221221132142914.jpg

सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-मा डाबग्राम एफसी- ले फाइनलमा स्थान बनायो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा मंगलवार भएको दोस्रो सेमिफाइनल म्याचमा डाबग्राम एफसी-ले गत सीजनको च्याम्पियन दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) -लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रतन माण्डीले २ अनि भीम कोराले १ गोल गरे। डाबग्राम एफसी-का डिफेण्डर बिरेन प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो।

अब आइतवार (२५ दिसम्बर) खेलिने फाइनल म्याचमा डाबग्राम एफसी र रेड हर्स (इलाम)-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement