इन्स्टाग्राममा पनि मेस्सीको रेकर्ड

IMG-20221221-WA0097.jpg

कतरको लुसैल स्टेडियममा आइतवार राति अर्जेण्टिनाले फ्रान्सलाई पेनल्टी शूटआउटमा ४-२ (३-३)-ले पराजित गर्नको साथै दिग्गज फूटबलर लियोनल मेस्सीको फीफा वर्ल्ड कप खिताब जित्ने सपना पनि पूरा भयो। अर्जेण्टिनाले १९८६ पछि पहिलोपल्ट वर्ल्ड कप जित्नको साथै मेस्सी फेरि चर्चाको विषय बने। उनीसँग अब फूटबल जगतको सबै उपलब्धिहरू रहेको छ। यसरी उनले आफ्नो नाम खेलका महानतम् खेलाड़ीहरूका सूचीमा सामेल गरेका छन्। वर्ल्ड कप जित्नु बाहेक मेस्सीको नाममा अझ एउटा रेकर्ड दर्ता भएको छ। इन्स्टाग्राममा कुनै एउटा फोटोमा सर्वाधिक लाइक्स हासिल गर्ने नयाँ रेकर्ड बनिएको छ। मेस्सीले इन्स्टाग्राममा कुनै पनि फोटोमा सर्वाधिक लाइक्स हासिल गर्ने रेकर्ड आफ्नो नाम गरेका छन्। यो रेकर्ड पनि उनले एकै दिनमा बनाए। यसअघि एउटा अण्डाको तस्वीरलाई इन्स्टाग्राममा सर्वाधिक लाइक्स हासिल भएको थियो। क्रिस गडफ्रे नामक व्यक्तिले वर्ल्ड रेकर्ड एग- को नाम भएको एकाउण्टमा केवल एउटा अण्डाको फोटो पोस्ट गरेका थिए। क्रिसले पोस्ट ४ जनवरी २०१९-मा पोस्ट गरेका थिए। त्यस पोस्टमा अहिलेसम्म ५ करोड़ ६८ लाखभन्दा अधिक लाइक्स प्राप्त भएको छ। यसरी नै मेस्सीले वर्ल्ड कप जितेपछि शेयर गरेको फोटोले एकै दिनमा ६ करोड़भन्दा अधिक लाइक्स हासिल भयो।
मेस्सीको यस पोस्टभन्दा अघि पोर्तुगलका दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डोद्वारा शेयर गरिएको फोटो पनि चर्चाको विषय बनेको थियो। त्यस पोस्टमा रोनाल्डोलाई मेस्सीसँग चेस खेलिरहेको देखिएको थियो। त्यस तस्वीरले मंगलवारसम्म ४२ मिलियन लाइक्स हासिल गरेको छ। वर्ल्ड कप जित्नको साथै इन्स्टाग्राममा मेस्सीको ४० करोड़ फलोअर्स पनि पूरा भयो। यसको साथै उनी इन्स्टाग्राममा फलोअर्सको सूचीमा रोनाल्डोपछि दोस्रो स्थानमा पुगेका छन्। रोनाल्डोको इन्स्टाग्राममा ५१९ मिलियन फलोअर्स रहेको छ। इन्स्टाग्राममा रोनाल्डोभन्दा अधिक फलोअर्स सम्पूर्ण विश्वमा अरू कसैको छैन।

About Author

Advertisement